बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वाणिज्य बैंकर्ससँग छलफल गर्दै गभर्नर

काठमाडौं । गभर्नर नियुक्त भएलगत्तै देश दौडाहा गरेर निजी क्षेत्रसँग अन्तरक्रिया गरेका डा. विश्वनाथ पौडेलले मंगलबार वाणिज्य बैंकर्ससँग छलफल गर्दै छन् । मंगलबार दिउँसो काठमाडौंको एक पाँचतारे होटलमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) सँग गभर्नरले छलफल गर्न लागेका हुन् ।

गभर्नर नियुक्त भएलगत्तै पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेल र बैंक सुपरिवेक्षण विभाग प्रमुख दीर्घबहादुर रावलसहित देशका विभिन्न स्थानमा पुगेर निजी क्षेत्रसँग छलफल गरेका थिए ।

बैंकिङ क्षेत्रको समसामयीक विषययमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग अन्तरक्रिया कार्यक्रम भन्दै राष्ट्र बैंकले बैंकका सीईओहरुलाई बोलाएको हो । बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत हुन लागेको छलफलमा गभर्नर डा. विश्व पौडेलको उपस्थिति हुनेछ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी सुरु गरेको छ भने सरोकारवालाको सुझाव समेत माग गरेको छ । मौद्रिक नीतिभन्दा पनि केन्द्रीय बैंकले नियामकीय नीतिमा पुनरावलाकेन गरी बजार चलायनमान बनाउन प्रयास गर्नुपर्ने माग भइरहेको बेला नियमन विभागले गभर्नरकै उपस्थितिमा बैंकका सीईओहरुसँग छलफल गर्न लागेको हो । यसलाई मौद्रिक नीतिको तयारीको रुपमा नै हेर्नुपर्ने राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x