बुधबार, बैशाख ३, २०८२
Wednesday, April 16, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट फलदायी रह्याे – भारतीय प्रधानमन्त्री माेदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट फलदायी रहेको बताएका छन्। बैंककमा शुक्रबार भएको भेटवार्तापछि मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो।’

मोदीले  भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन्। दुई नेताबीच ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल भएको मोदीले जनाएका छन्।

‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौँ।’

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्रपत्र २०३० जारी गर्दै सम्पन्न भएको छ।

यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x