अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाउँदै
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतान्तर बढाउँदै लगेको छ।
सुरूवाती चरणमै अग्रता लिएका रास्वपा उम्मेदवार हरीप्रसाद भुसालले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिष्णु मुस्कानसंग करिब १ हजार ५९४ को मतान्तर कायम गरेका छन्।
सन्धिखर्क नगरपालिका वडा नम्बर १,२,३,४ र ५ को मतगणना सम्पन्न हुँदा भुसालले ३ हजार ३७० मत पाएका छन् । यस्तै कांग्रेसले १ हजार ७७६, एमालेले १ हजार ५६३ मत ल्याएको छ।
अर्घाखाँचीमा १ लाख ७१ हजार ६ सय ५२ मतदाता थिए। बिहीबार सम्पन्न निर्वाचनमा ८६ हजार ६६८ मत खसेको थियो। जसमध्ये महिला ४७ हजार ६ सय ८८ र पुरूष ३८ हजार ९ सय ८० मतदाताले निर्वाचनमा भाग लिएका थिए।


WRITE COMMENTS FOR THIS ARTICLE