नबिल बैंकको कायम मुकायम कामु सीईओमा मनोज ज्ञवाली

काठमाडौं- नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मनोज ज्ञवाली बनेका छन् । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृति भएसँगै ज्ञवालीले कामु सीईओको जिम्मा पाएका हुन्।
आज बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो। ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए।
नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा सामेल हुन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । नबिल बैंकका मुख्य लगानीकर्ता विनोद चौधरीको डिजाइन बमोजिम ढुंगाना गभर्नरको दौडमा सामेल भएको चर्चा चलेको छ । हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो। गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । २०७६ चैत २४ गते मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १७औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई ५ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। ढुङ्गानाले राजीनामा दिएसँगै अब नबिल बैंकको सीईओमा सिनियर डेपुटी सीईओ भएर काम गरिरहेका मनोज ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेकाे छ ।
WRITE COMMENTS FOR THIS ARTICLE