बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

कुनै पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, –सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधवार बिहान ११ बजेका लागि तय भएको बैठक साढे ११ बजे शुरू भएको थियो ।

तर, सरकारका कुनै पनि मन्त्री उपस्थित नभए बैठक नचल्ने भन्दै विपक्षी दलले विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बैठकको शुरूमै सभामुखसँग समय लिएर माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्री उपस्थित नभई बैठक चल्न नसक्ने बताए ।

‘सरकारले सदनलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकारले मानिरहेको छैन । संसद् बैठकमा सरकारको प्रतिनिधि कोही पनि छैनन् । नियमावलीको व्यवस्थाअनुसार सरकार चल्दैन,’ पाण्डेले भने ।

प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ मा संसद बैठक चल्दा सरकारको प्रतिनिधि उपस्थित हुने व्यवस्था छ । तर, मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित गर्नुपर्ने अवस्था आएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x