बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज देखि एन्फा यु–१६ युथ लिग सुरू

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग हुने भएको छ ।

एन्फा मैदान सातदोबाटोमा  हुने लिगमा ए डिभिजनका १४ वटै क्लबको सहभागिता रहने छ । उद्घाटन खेलमा मनाङ मर्स्याङदी र श्री भगवती क्लबबिच प्रतिस्पर्धा हुने छ ।

लिगको सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५, १५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

सहभागी टोलीलाई एन्फाले तयारी खर्च स्वरूप तीन लाख ५० हजार रुपियाँ उपलब्ध गराउने छ । लिगको बजेट एक करोड दुई लाख रुपियाँ रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x