बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गरौँ – राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं,- राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारलाई ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न आग्रह गरेका छन् । ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । यस वर्ष ‘सभ्य समाजको आधार: ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै छ ।

ज्येष्ठ नागरिकहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत आदर, सम्मान र संरक्षण गर्न सके मात्र यो नारा सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ, ‘ज्येष्ठ नागरिक अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज हुन्,’ राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘तसर्थ, उहाँहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, सङ्घसंस्था तथा तीनै तहका सरकारहरूबिच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न सबैमा म आग्रह गर्दछु ।’ साथै नेपाल सरकारले व्यवस्था गरेको स्वास्थ्य सेवा, यातायात सेवाका क्षेत्रमा तोकिएबमोजिम छुट, सहुलियतलगायत विभिन्न सेवा सुविधाको प्रभावकारितामा वृद्धि गर्न सम्बद्ध पक्षसँग राष्ट्रपति रामचन्द्र  पौडेलले आग्रह गरेका छन्, सन्देशमा उहाँले  ज्येष्ठ  नागरिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि शुभकामना व्यक्त गरेका छन् । नेपाल सरकारले २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई आधार बनाएर पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x