अध्यक्ष बैठकबाट भाग्न मिल्दैन, आफूमाथि लागेको आरोपबारे जवाफ दिनुपर्छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको महासचिवसमेत रहेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाउन मिल्ने बताएका छन् । संसदीय दलको विधान संशोधनका लागि बैठक बोलाइएकाले वादविवाद नगर्न उनले आग्रह गरेका छन् ।
संरक्षक चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकबाट नभाग्न पनि आग्रह गरेका छन् । उनले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समिति बैठकमा जवाफ दिन अध्यक्ष रञ्जितालाई आग्रह गरे । ‘केन्द्रीय समिति बैठकबाट तपाईं पन्छिन पाउनु हुन्न। उत्पन्न परिस्थितिबारे बैठकमा आएर स्पष्ट जवाफ दिनुपर्छ,’ बिहीबार भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्।
उनले नागरिक उन्मुक्ति पार्टीका विषयमा सामाजिक सञ्जालमा टीकाटीप्पणी नगर्न पनि नेता-कार्यकर्तालाई आग्रह गरे । नकारात्मक टीकाटीप्पणी गर्नेमाथि प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।
WRITE COMMENTS FOR THIS ARTICLE