शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025

शुक्र हाउस : गुणस्तरीय सेवा दिने स्वास्थ्य संस्था

काठमाडौं -राजधानी काठमाडौंमा स्थापित शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रा.लि. (Sukra House of Diagnostic & Wellness Center Pvt. Ltd.) ले छोटो अवधिमै स्वास्थ्य परीक्षण र रोग निदानका क्षेत्रमा उल्लेखनीय विश्वास हासिल गर्न सफल भएको छ। सन् २०२२ मा स्थापना भएको यस संस्थाले अत्याधुनिक प्रविधियुक्त उपकरण, दक्ष स्वास्थ्यकर्मी र आधुनिक व्यवस्थापन प्रणालीमार्फत सर्वसाधारणलाई सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
संस्थाका अनुसार शुक्र हाउसले प्रयोगशालामा विश्वस्तरका उपकरण प्रयोग गरी विभिन्न स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दै आएको छ। नियमित स्वास्थ्य परीक्षण, हेमाटोलोजी, बायोकेमिस्ट्री, इम्युनोलोजी लगायतका सम्पूर्ण परीक्षणहरू यस केन्द्रमा उपलब्ध छन्।
संस्थाले आफ्नो सेवा पारदर्शी र प्रमाणिक बनाउन ISO 15189:2022 र ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। यसले सेवा, दक्षता र विश्वसनीयताको नयाँ मापदण्ड स्थापना गरेको बताइएको छ।
शुक्र हाउसले स्वास्थ्य परीक्षणसँगै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ। फेसबुक, युट्युब, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जालमार्फत स्वास्थ्य सम्बन्धी सन्देश प्रसार गर्दै जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको संस्थाले जनाएको छ।
संस्थाका प्रमुख प्राविधिक तथा प्रबन्ध निर्देशकले नियमित रूपमा चिकित्सक परामर्श, स्वास्थ्य शिक्षा र अनुसन्धानसम्बन्धी कार्यलाई पनि प्राथमिकता दिएको उल्लेख छ।
संस्थाले निकट भविष्यमा थप शाखा विस्तार गर्ने तयारी गरेको बताइएको छ । —राजन थापा

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x