बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

आज नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन हुने

भक्तपुर, –  नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दै छ। पार्टीको विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको छ भने आज नयाँ नेतृत्व चयन हुने छ।

महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको बताइएको छ। महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन्।

अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो। पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x