अमेरिकामा ७ लाख ५० हजार अबैध भारतीय आप्रवासी

अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार सेप्टेम्बरमा अन्त्य भएको अमेरिकी आर्थिक वर्ष २०२४ मा एक हजारभन्दा बढी भारतीय नागरिकलाई चार्टर्ड र व्यावसायिक उडानबाट डिपोर्ट गरिएको छ । गएका वर्षहरूमा भारतीय नागरिकलाई अमेरिकाबाट निष्कासन गर्नुपर्ने अवस्था बढ्दै गएको र अवैध रूपमा अमेरिका पसेका भारतीयहरू फेला पर्ने गरेको होमल्याण्ड सेक्यूरिटीले जनाएको छ । अमेरिकामा भारतीयहरु मेक्सिको र क्यानडा बोर्डरबाट आउने गरेको देखिन्छ ।
अमेरिकाबाट पछिल्लो समय भारतीय नागरिक फिर्ता पठाउने कार्यको तीव्र बढी रहेको बेला राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिले भारतीयहरूलाई पर्ने प्रभावबारे गम्भीर चासो बढ्दो छ । ट्रम्पले इतिहासको सबैभन्दा ठूलो सख्यामा आप्रवासीलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाइसकेको बेला अक्टोबर २०२० यता मात्रै अमेरिकी सीमा सुरक्षा निकायले एक लाख ७० हजार भारतीय आप्रवासीलाई अमेरिकाको उत्तरी र दक्षिणी सीमाबाट गिरफ्तार गरिसकेको तथ्यांक छ । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा रहेका अबैध आप्रवासीहरुमध्ये मेक्सिको, एल साल्भाडोर पछि भारत रहेको संख्याले देखाउँछ । अमेरिकामा रहेका अबैध झण्डै एक करोड २० लाख भन्दा बढी आप्रबासीहरुमा सबैभन्दा बढी मेक्सिकोका ट दशमलव ९ मिलियन अर्थात ७० लाख, एल साल्भाडोरका ७ लाख ५० हजार र तेश्रोमा भारतीय ७ लाख २५ हजार रहेको तथ्यांक छ । त्यसपछि ग्वाटेमाला ६ लाख ७५ हजार र होन्डुरसका ५ लाख २५ हजार रहेको छन ।
यो हेर्दा अमेरिकाको छिमेकी देशहरुबाट जुन मात्रामा अबैध आप्रवासी अमेरिका आएका छन त्यो तुलनामा भारतीयहरू पश्चिमी गोलार्धभन्दा बाहिरका देशहरूमध्ये सबैभन्दा ठूलोमध्येमा अमेरिकामा अबैध रुपमा बसोबास गर्दछन ।कतिपय भारतीयले अवैध रूपमा अमेरिका छिर्न एक लाख डलरसम्म खर्च गरेको बताइन्छ यस्ता आप्रवासीहरू तल्लो आर्थिक अवस्था भएको वर्गका होइनन् । तिनमा खास गरी शिक्षाको तहका कारण वा अङ्ग्रेजी भाषामा दक्षता नपुगेका कारण पर्यटक वा विद्यार्थी भिसा पाउन नसक्नेहरू छन् । त्यसैले उनीहरू अमेरिका पुग्न विभिन्न एजेन्सीहरूमा भर पर्छन् जसले एक लाख अमेरिकी डलरसम्म शुल्क लिएका हुन्छन् । अमेरिकी आप्रवासी अदालतको सन् २०२४ को तथ्याङ्कअनुसार ती अबैध आप्रबासीमध्ये धेरैजसो १८ देखि ३४ वर्ष उमेरका पुरुष हुने गरेका छन् ।
भारतीयलाई मेक्सिको हुँदै अमेरिका पठाउने गिरोह नेपालमा पक्राउ परेपछि प्रहरीले दिएको सुचना अनुसार उनिहरुले नेपाली नागरिकतासमेत लिएर नेपालको बाटो प्रयोग गरेको देखिन्छ । भारतीय आप्रवासीहरू नेपालको बाटो प्रयोग गर्न र त्यस बाटोबाट एल साल्भडोर या निकारागुआ हुँदै मेक्सिकोबाट अमेरिका पुग्नलाई सजिलो ठन्ने गरेको पनि अनुसन्धानहरुले देखाएको छ ।
अमेरिकाको उत्तरमा रहेको क्यानडाको सीमा भारतीयहरूका लागि तुलनात्मक रूपमा सजिलो भएको सोही अनुसन्धानले देखाउँछ । भारतीयहरुले क्यानडामा पर्यटक भिसाका लागि आवेदन दिएको ७६ दिनमा भिसा पाउनेछन भने जबकि अमेरिकी भिसाका लागि १ वर्षभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । त्यसैले पनि क्यानडा आएर अमेरिका छिर्नेहरु पनि भारतीइ ठुलो सख्यामा छन । भारतबाट सबैभन्दा बढी गुजरात, पन्जाब र छिमेकी हरियाणाबाट हुने गरेको पाइयो । त्यहाँबाट मानिसहरू आप्रवसानमा जाने लामो परम्परा नै बनेको भारतीय सन्चार माध्यमहरुले जनाइएको छ ।
भारतमा पृथक्तावादी खालिस्तान आन्दोलनका कारण पनि यो क्षेत्रमा तनाव बढिरहेको छ । खालिस्तान आन्दोलन शिखका लागि स्वतन्त्र गृहराज्य स्थापना गर्न चाहन्छ । यसले गर्दा भारतमा रहेका शिखहरूमा अधिकारी वा राजनीतिकर्मीको गलत निसानामा परिने हो कि भन्ने त्रास छ । त्यस्तो त्रास सही भए पनि नभए पनि अमेरिकामा शरणार्थी बन्न सजिलो हुने भन्दै उनिहरु अमेरिका आउने सख्या बढेको हो । यूनिभर्सिटी अफ भर्मन्टमा आप्रवासन तथा सहरी अध्ययनका जानकार पाब्लो बोसका अनुसार भारतीयहरू अमेरिकामा उपलब्ध आर्थिक अवसर र त्यसमा पनि खास गरी “न्यूयोर्क र बोस्टनजस्ता ठूला अर्थतन्त्र भएका सहरका ठाउँका अनौपचारिक अर्थतन्त्रमा छिर्न सक्ने क्षमताका कारण ठूलो सङख्यामा अमेरिका छिर्न चाहेको देखिाउँछ । जसरी अमेरिकी उत्तर सीमा क्यनडाबाट भारतीयहरु अमेरिका छिरेका थिए राष्ट्रपतिमा ट्रम्पको विजयी भएपछि त्यो आपैबासी समुह अमेरिकाबाट फेरी क्यानडा छिर्न थालेको भन्दै क्यानडा सरकारले सीमामा कडाई शुरु गर्न थालेको छ । एक अनुसन्धानका अनुसार सन् २०२३ मा क्यानडाबाट अमेरिका छिर्न खोज्ने भारतीयहरुको सख्या १४ हजार रहेको देखाइएको छ । त्यो संख्या बढेर सन् २०२४ को अक्टोवरसम्ममा प्रतिघण्टा १० जनाका दरले अर्थात ४३ हजार ७ सय ६४ जना पक्राउ परेको उल्लेख छ ।
WRITE COMMENTS FOR THIS ARTICLE