शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

भावनात्मक पीडा त हुन्छ तर खुसी पनि त्यसैमा छ– गायिका सवनम आचार्य

दोलखा जिल्ला संगीतको लागि प्रतिभा जन्मेको मानिन्छ । यहाँ जलबिद्युत देखि लिएर अनेकौं सिर्जनाहरु पाईन्छ, यसै विच सुनखानीमा टहलबहादुर आचार्य र ईन्द्रमाया खुलालको दोश्रो सन्तानकोरुपमा जन्मिएकी सवनम आचार्य फुयाँलले गीत सङ्गीतको क्षेत्रमा शिखर चुम्लिन् भन्ने कसैले सोचेका थिएनन् । सानै देखि गित गुन्गुनाउँदै हिड्ने र स्कुल पढ्दादेखि नै विभिन्न कार्यक्रम तथा प्रतिस्पर्धाहरूमा भाग लिने उनको बानी नै थियो । शिक्षक शिक्षिका र साथीहरूको प्रोत्साहन उनको गायनलाई बलियो बनाउने तत्व बनेको आचार्यले सुनाइन । सवनमले आज आएर श्रोतामाझ सिङ्गल एल्बम “छड्के सलाम” ल्याउने तयारीमा छिन् । गीत सङ्गीतको भवसागरमा आफ्नो पहिलो साँङ्गितिक प्रस्तुतीले एउटा ईंटा थप्ने कार्य मात्र भएको बताउँछिन् । साँङ्गितिक बजारमा लोपहुँदै गई रहेको लोकपप गितलाई “छड्के सलाम” मार्फत पुन ब्युँताउने प्रयास गरेको बताउँदै उनि भन्छिन्– यस सिर्जनामा मनोज राईको शव्द संगीत रहेको छ ।

सानै देखिको गीत संगीतको आफ्नो रुचिलाई मूर्तरुप दिन निरन्तर साधनामा लीन भएर यो एल्बम श्रोतामाझ ल्याउने प्रयास गरेको बताउँदै उनि भन्छिन्–“संगीतको लतमा परेपछि उनी आफैँलाई दर्शक बनाए, श्रोता बनाए, आफ्नो आलोचक आफैँ भए । कमीकमजोरी खोज्न थाले । अनि निरन्तर साधनामा लीन भए ।”

काम गरेपछि राम्रो होस् भन्ने आस राखिन्छ तर कतिपय पूरा नहुने बताउँदै भावनात्मक पीडा त हुन्छ तर खुसी पनि त्यसैमा छ । प्रशिक्षण भनेको मानिसको सोचलाई फराकिलो मात्र बनाउने साधन हो । जब संगीतलाई गम्भीर भएर सोच्न थाले तब विधिवत् सिक्नुपर्छ भन्ने लाग्यो उनलाई । मैले संगीत सिक्न जरुरी थियो तर यो त जति सिक्यो त्यति गहिरो रहेछ ।

बजारमा आउन र हिट हुन गीत नल्याएको भन्दै उनि भन्छिन्–विभिन्न किसिमका गीतहरू रेकर्डिङ कार्य र मेला महोत्सवमा व्यस्त गायिका सवनम प्रेमगीत, देशभक्ति गीत, संयोगान्त गीत, वियोगान्त गीत, भक्ति गीत सन्देशमूलक गीत, लोकगीत, लोकआधुनिक जस्ता गीतहरू गायकी छन् । सबैखाले गीतहरू गाए पनि भावपूर्ण गीत, मेलोडियस गीतहरू जसमा शब्द र संगीतको माधुर्य होस, गीतमा सन्देश होस् र हृदयलाई स्पर्श गरोस् यस्ता गीतहरू आफ्नो रोजाइमा पर्ने गायिका सवनम बताउँछिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x