बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘गजल, सङ्गीत र ललितकला उत्सव’ हुने

काठमाडौं – नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ हुने भएको छ ।

१४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव हुने बताइएको छ ।

उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य गरेका छन् ।

उत्सवमा सातवटै प्रदेशका स्रष्टाका राष्ट्रिय भावमा लेखिएका गजलहरूलाई विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नै सङ्गीत र स्वरमा प्रस्तुत गर्ने कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले जानकारी दिए ।

प्रस्तुत गजलमाथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पदाधिकारी एवं परिषद् सदस्यहरूले चित्र बनाउने छन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’का अनुसार यस उत्सवले पहिलो पटक गजल, सङ्गीत र ललितकलालाई एकै ठाउँमा प्रस्तुत गर्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x