कांग्रेसभित्र सहमतिको दोहोरो प्रयास
काठमाडौं । आन्तरिक विवादले १५ औँ महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेका नेपाली कांग्रेसका दुई समूहबीच भइरहेको सहमतिको प्रयास सकारात्मक मोडमा पुगेको छ । नेताहरुले बताएअनुसार नेता शेखर कोइरालाको प्रयासमा दुबै पक्ष सहमति नजिक छन् ।
इतरपक्षबाट शेखर कोइराला लगायतका नेताहरु प्रयासरत छन भने संस्थापन पक्षबाट सभापति गगन थापासहितका नेता अन्तिम प्रयासमा रहेको बताइएको छ । सभापति थापाको सचिवालय स्रोतका अनुसार यो पटक चरण-चरणमा भएका छलफल सकारात्मक छन । तर, दुबै पक्षले भएका छलफललाई बाहिर भने ल्याएका छैनन् ।
सहमति हुनुपूर्व संस्थापन पक्षले र इतर पक्षले गर्नुपर्ने कामबारे अहिले छलफल चलिरहेको छ । सहमति हुने सम्भावना बढेपछि संस्थापनले पक्षले पनि माहोधिवेशनका लागि कार्यक्रम तयारी गर्न ठाकेका बैठकहरु स्थगित गरिएका छन् ।
इतरपक्षले पनि सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिनुपर्ने सहमति भएको छ । सम्भवतः सोमबार इतर पक्षका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालत गएर निवेदन फिर्ता लिनेछन् ।
संस्थापन र इतरपक्षबीच सहमतिपछि महधिवेशनको नयाँ तालिका आउने कोइराला निकटका एक नेताले नेपाल बहसलाई जानकारी दिए । संस्थापन पक्षका नेताहरुको भनाइमा पनि सहमतिको सम्भावना बढेर गएको छ । तर, इतरपक्षका सबै नेताहरु एक ठाउँमा भएर हस्ताक्षर गर्ने सम्भावनाबारे भने नेताहरुले यसै भन्न सकेका छैनन् ।
संस्थपन पक्षका नेताको भनाइमा सबै विषयमा सहमति भएपछि पूर्वसभापति शेरबहादुर देउवालाई राखेर नेताहरुले हस्ताक्षर गर्ने छन् । सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता भएपछि औपचारिक रुपमा सहमति हुने गरी छलफल चलिरहेको छ । दुबै पक्षलाई मान्य हुनेगरी महाधिवेशन सम्पन्न गर्न उच्च संयन्त्र बन्ने सम्भावना बलियो देखिएको ति नेताले बताए ।
इतरपक्ष महाधिवेशनको कार्यतालिका रोक्ने माग लिएर सर्वोच्च जानुअगाडि पनि सहमतिका केही खाका बनिसकेका थिए । तर, अदालतमा निवेदन परेपछि यो रोकिएको थियो । शेखर कोइरालाकै प्रस्तावमा सहमति हुनसक्ने सम्भावना थियो तर, टरेको भन्दै गगन थापाले पनि एक अन्तरवार्तामा भनेका थिए ।
अहिले भइरहेका छलफलमा कांग्रेस एक हुन सकेमा आफूले कुनै पद नलिने कोइरालाले बताइरहेको छलफलम सहभागी नेताको भनाइ छ । शेखर दाई आफू बसेर दुबै पक्षलाई सहमति गराउने प्रयासमा हुनुहन्छ । उहाँले म कुनै पद लिन्न र पदका लागि यी सबै प्रयास गरेको होइन भनिरहनु भएको छ, ति नेताले भने ।


WRITE COMMENTS FOR THIS ARTICLE