आइतवार, मंसिर २१, २०८२
Sunday, December 7, 2025

नेप्सेमा सुधार कारोबारमा उत्साह

साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से सूचक १०.४३ अर्थात् ०.३९ प्रतिशतले वृद्धि हुँदै २ हजार ६७६.०३ बिन्दुमा उक्लिएको हो ।

त्यसो त यो साताको पाँचै दिन खुलेको बजारमा १ सय १५ अंकमाथिले नेप्से बढेको छ । आइतबार ३९.९२ अंकले बढेर उत्साहप्रद सुरुवात गरेको शेयरबजार पाँचै दिन धनात्मक हुँदै २ हजार हजार ६७६ अंकमाथि उक्लिएको हो ।

यो साता कारोबारमा पनि राम्रो वृद्धि भएको छ । दैनिक लगातार ६ अर्बमाथिको कारोबार भइरहेको छ । बिहीबार अन्तिम कारोबार दिन १० अंकले नेप्से बढ्दा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

यसदिन फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक हुँदा बैंकिङ, डेभलपमेन्ट बैक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, जीवन बीमा, निर्जीवन बीमा र म्युचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् ।

आज सागर डिस्टिलरी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमस्टार उर्जा कम्पनी लिमिटेड र फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य अधिकतम ७.७८ प्रतिशतले घटेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x