आइतवार, भदौ २८, २०८३
Sunday, September 13, 2026

राहत र उद्धार सामग्रीहरु बीच बाटोमै रोकिए

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् ।

निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन गम्भीर चुनौती खडा भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका वडा नं. ३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । मुख्य सडक मार्ग बाढीले बगाउँदा वैकल्पिक सडकबाट सवारीसाधन गुडिरहेका छन् ।

वैकल्पिक सडक यात्राका लागि असहज बनिरहेको छ । बाढी र पहिरोले कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ ।

सडक अवरोध र प्रतिकूल मौसमका कारण उद्धार कार्य समेत प्रभावित बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x