बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

“ए हौ साली झुम्कावाल….”,गितबाट रत्नदीप चौधरीकाे गायन क्षेत्रमा पुनरागमन

काठमाडौं । सशस्त्र प्रहरी जवानको प्राविधिक क्षेत्रमा कार्यरत सुनसरीका गायक रत्नदीप चौधरी गायन क्षेत्रमा रचनाकार इश्वरलाल चौधरीका “ए हौ साली झुम्कावाल….”, गितको बोलबाट चम्केका छन् ।

२०५५ सालमै पहिलो थारु “ए हौ साली झुम्कावाल….”, गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनबढी चर्चित गीत गाइसकेका छन् ।

मधेली ४, सुनसरी निवासी गायक चौधरी २०७३ देखि सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । तर उनले सोभन्दा अघि नै गायन क्षेत्रलाई आफ्नो रुचिको विषय बनाइसकेका थिए । नेपाल ललितकला क्याम्पसबाट स्नातकोत्तर गरेका चौधरीले आफ्नो गायन रुचि सानै देखिएको रहेको बताए ।

“ए हौ साली झुम्कावाल….”, हमर से प्रित जोड‘, एलै पियाके सुर‘, तनी सुनबु गोरिया हमार बतिया‘, डोलीमा बसी‘ लगायतका थारु तथा खस भाषाका गीतमा गायक चौधरीले आफ्नो स्वर दिइसकेका छन् । काठमाडौंको सामाखुशीस्थित एक निजी विद्यालयमा म्युजिक टिचरकोरुपमा समेत कार्यरत चौधरीले गायन क्षेत्रलाई अझ उचाइमा लग्ने योजना सुनाए ।

गायक चौधरीको स्वरका गीतहरु अहिले रेडियो नेपाल सहित देशभरका विभिन्न एफ.एम. बाट पनि प्रशारण भइरहेका छन् । चौधरीले विभिन्न समयमा हुने सांस्कृतिक कार्यक्रममा समेत स्टेज गायनको भूमिकामा स्वर दिइरहेका छन् ।

सशस्त्र प्रहरी भित्र पनि गायनमै अभ्यासरत चौधरीले भविष्यमा चर्चित गायक बनेर पहिचान बनाउने सपना बोकेको बताए । खस भाषामा समेत गीत गाउने चौधरीले आफ्नै थारु भाषाका गीत गायनमा बढी रुचि रहेको बताउँछन् । उनको निकट भविष्यमै गीतको नयाँ एल्बम रिलिज हुने तयारीमा छ ।

गाईवस्तु चराउँदै, खेतबारी जोत्दै हुर्किएको एउटा बालक, जसको सपना भने तराइ जस्तै समथल थियो, गीत संगीतको संसारमा आफ्नो छुट्टै पहिचान बनाउने । कुनै चर्चित र ठूलो पहिचान कमाएका कलाकार होइनन्, तर उनी पुरानो गित संगीतलाई मुटुदेखि माया गर्ने एक सरल र मिजासिलो कलाकार हुन् । कतिपयले उनलाई गाउँघरमै नचिने पनि हाल उनका गीत बजारमा आउन थाालेपछि को हुन् रत्नदिप भनेर खोज्न भने थालेका छन् । उनको स्वर, संघर्ष र साधनाले प्रमाणित गर्न थालेको छ । गीतसंगीत सधैँ मञ्चको चमक होइन, माटोको सुगन्ध हो । त्यस सुगन्धको मौन तर चम्किलो नक्षत्र बन्दै गएका छन् । उनी भन्छन्– ‘संगीतमा उमेर हुँदैन । जति उमेर ढल्दै जान्छ, त्योभन्दा बढी गीत संगीतको भोको हुँदै जान्छ ।’

‘मेरो बाल्यकाल तथा म संगीतमा लाग्दै गर्दाका लोक, आधुनिक, भजन, शास्त्रीय लगायतका गीतहरुको हरपक्ष अत्यन्त हृदयस्पर्शी हुन्थ्यो । मिठो हुन्थ्यो, साँच्चिकै मौलिक हुन्थे ।’ त्यतिबेलाका स्रष्टाहरु सांगीतिक क्षेत्रको आवश्यक अध्ययन र अथक साधनामा तल्लीन हुने भएकाले सुन्दर कालजयी गीतहरू जन्मिने गरेको उनले बताए । उनले भने, ‘आजसम्म ती गीतहरु कतै सुन्दा हतारमा हिडेको भए पनि टक्क अडिएर सुन्न मन लाग्छ, तर पछिल्लो समयका गीत संगीतमा भने पुराना जस्तो रस भेटिदैन् ।’

गीत संगीत जीवन्त हुनका लागि अध्ययन र साधनाको आवश्यकता पर्ने बताउदै उनले भने, ‘आजका गीत संगीत जति छन् फरक स्रोता अनुसार राम्रा त होलान् तर पहिलेका जस्ता हरपक्षले न्याय पाएका भने पक्कै छैनन् ।’ पहिलेका गीत आज पनि हर संगीतपारखीले अधिक रुचिका साथ सुन्ने र अत्यन्त महत्व रहेको पाइने गरेको उनले बताए । उनले भने, ‘अचेलका गीत दुई दिन सुनियो, नाचियो, आनन्द लिइयो तेस्रो दिनबाट हराउँदै जान्छ, सबैले भुल्दै जान्छन् ।’

‘गीत संगीत निर्माण पनि पहिलेको तुलनामा अधिक छ, तर संगीतका सच्चा पारखीले साधारण शैलीमा रेकर्ड भएका पहिलेकै गीत अति रुचाउँछन् । खोजी खोजी सुन्छन, जसका कारण यो बुझिन्छ की गीत संगीत सुन्दर, हृदयस्पर्शी, कालजयी हुनुमा उच्चस्तरको प्रविधिद्वारा रेकर्ड गर्नु मात्र होइन रहेछ ।’ उनले शब्द अनुसारको लय, लय अनुसारको संगीत संयोजन र समग्र गीतको भाव झल्काउने स्वर वा गायकी हुनु नितान्त आवश्यक रहेको उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x