नागरिक लगानी कोष र शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र विच सम्झाैता

काठमाडौं – नागरिक लगानी कोषमा आबद्ध, सञ्चालक तथा सेयरधनीले शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रमा मुटु परीक्षण तथा उपचार गराउँदा छुट पाउने भएका छन् ।
विभिन्न कर्पोरेट प्याकेजमा नियमित भइरहेको प्याकेज शुल्कमा १० प्रतिशत छुट दिने जनाइएको छ । कर्पोरेट प्याकेज अन्तर्गत जाँच गर्ने समय बेलुका ४ बजेबाट निर्धारण गरिएको छ । छुट रकम प्राप्त गर्न नागरिक लगानी कोषले उपलब्ध गरिएको परिचयपत्र लिई जानुपर्नेछ ।
हस्पिटलको सिल्भर प्याकेज,गोल्ड प्याकेज तथा प्लाटिनम प्याकेज अन्तर्गतको विभिन्न प्याकेजमा छुट पाइने भएकाे छ ।
WRITE COMMENTS FOR THIS ARTICLE