बिहिबार, भदौ १८, २०८३
Thursday, September 3, 2026

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिने क्रम जारी

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एकपछि अर्को गरी संघन छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री शाहले  केही बेर अघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनका मामिलामा विस्तृत ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ।

रक्षामन्त्री समेत रहेका उनले  उद्धारका सबै बाँकी कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका हुन्  ।​

प्रधानमन्त्री शाहले अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन् ।

यसैगरी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यक्रम रहेको छ।

छलफलका क्रममा सम्माननीय प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार र राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न तथा सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न  निर्देशन दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x