शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

नोरा फतेहीको गाडीलाई मातेका चालकले ठक्कर दिए पनि अभिनेत्री सुरक्षित

प्रख्यात बलिउड अभिनेत्री तथा “नृत्याङ्गना” नोरा फतेही मुम्बईमा एउटा कार दुर्घटनामा परेकी छन् । उनि मुम्बईमा भइरहेको चर्चित ‘सनबर्न महोत्सवमा प्रस्तुति दिन जाँदै गर्दा यो घटना भएको हो।

मुम्बई प्रहरीका अनुसार दिउँसो करिब ४ बजे एकजना मद्यपान गरेका चालकले आफ्नो कार नोराको गाडीमा ठोक्काएका थिए। दुर्घटना भए लगत्तै उनलाई प्राथमिक उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो।

भाग्यवश, उनलाई कुनै गम्भीर चोटपटक लागेन र उनको अवस्था अहिले सामान्य रहेको छ। ठुलो घटना भए पनि नोराले हिम्मत हारिनन् र आफ्नो कामप्रतिको लगाव देखाउँदै महोत्सवमा प्रस्तुति दिन पुगिन्।

प्रहरीले मातेर गाडी चलाउने ती चालकलाई पक्राउ गरी उनीविरुद्ध लापरबाहीपूर्वक गाडी चलाएको र नशालु पदार्थ सेवन गरेको मुद्दा दर्ता गरेको छ।

सामान्यतया गोवामा हुने ‘सनबर्न फेस्टिभल’ महोत्सव यस वर्ष मुम्बईमा आयोजना भइरहेको छ। यो तीन दिने साङ्गीतिक कार्यक्रम डिसेम्बर १९ बाट सुरु भएको हो र डिसेम्बर २१ मा सकिनेछ। सन् २००७ बाट सुरु भएको यो महोत्सव पछिल्लो समय गोवामा केही विवाद र कानुनी झन्झटका कारण यसपालि मुम्बईमा सारिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x