सामाजिक रूपान्तरणकालागि नागरिक समाज विधिवत नविकरण भयाे
याम बहादुर जि.सी.काे अध्यक्षता जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा दर्ता भइ विगत १८ बर्ष देखि भ्रष्टाचार, कालाे बजारी, गुणस्तरहिन खाद्यवस्तु तथा सेवाका विरूद्ध आम जन चेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे संस्था सामाजिक रूपान्तरणकालागि नागरिक समाज जिल्ला प्रशासन कार्यालयवाट विधिवत नविकरण भएकाे छ ।
साँस्कृतिक रुपान्तरणको माध्यमबाट समाजमा परिर्वतन ल्याउन सकिन्छ भन्ने उदेश्य सहित सांस्कृतिक कार्यक्रम जनचेतना मूलक सडक नाटक समेत प्रर्दशन गदै आईरहेको छ । यतिमात्र हैन नागरिक समाज बिपन्न बिद्यार्र्थीहरुलाई छात्रबृत्ति, स्थापनाकालदेखि हालसम्म ३०० भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री ह्विल चियर, लत्ताकपडा, खाद्यान्न बितरण तथा बिपत ब्यवस्थापनमा राहत बितरण, कोभिड महामारीमा ५००० बढी श्रमिकलाई राहत वितरण गरीसकेको छ ।
समाजले आर्थिक अभियान अन्र्तगत बिभिन्न आर्थिक बिषय बस्तु केन्द्रीत गोष्ठी तथा सेमिनार गर्दै आईरहेको छ । युवा जनशक्तिलाई देशमै केही गर्ने वातावरण तयार गर्नको लागि बिभिन्न किसिमका तालिम, प्रशिक्षण तथा स्वरोजगार मुलक कार्यक्रमहरु सञ्चालन गर्दै नीति निर्माण तहमा बसेका ब्यत्तित्वहरुलाई सचेत गराउँदै आएको छ ।
यतिमात्र हैन नागरिक समाजले समाजमा रहेर उत्कृष्ठ काम गर्ने समाज रुपान्तरणको लागि क्रियाशिल रहेका बिभिन्न क्षेत्र तथा बिधाका ब्यत्तित्वहरुलाई समाजको बार्षिक उत्सवमा नागरिक सम्मानले सम्मान गदै गर्दै आएको काममा थप प्रभावकारीरुपमा अगाडि बढ्न प्रेरणादायी भूमिका समेत निर्वाह गदै आएको छ ।
समग्रमा समाज रुपान्तरणको लागि नागरिक स्तरबाट गर्नुपर्ने कामहरु समाजले गर्दै आएको छ । देशमा भैरहेका निर्माण, कृषि, उद्योग, विभिन्न सेवा, व्यवसाय लगायतमा भैरहेको कालोबजारी, भ्रष्टाचार, कु¬शासन, गुणस्तरहिन÷अखाद्य विषादि वस्तु तथा सेवाका गतिविधि विरुद्ध उपभोक्तालाई जागरण गर्न र कानुनी प्रकृयाको लागि समयमै सुचना प्रवाह गरी नेपाल सरकारको सम्वन्धित निकायलाई सहयोग गर्न कार्यपनि नागरिक समाजले गदै आएको छ ।
देशमा विभिन्न समयमा बिभिन्न खालका हिंसा तथा असमान व्यवहारले गर्दा नागरिकहरूमा शान्तिपूर्ण वातावरणमा खलल पुग्ने हुँदा यससंस्थाले बिगत केहि बर्षयता शान्तिका लागि बिभिन्न खाले पारिवारिक सद्भाव, स्व–अनुशासनको पालना गर्ने, चरित्र निर्माण गर्ने खालका कार्यक्रमहरू गर्दै आईरहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE