रास्वपा कै सांसदहरुले अदालतमाथि प्रश्न उठाए
काठमाडाैं – नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि रास्वपा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
सांसद ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछाने १४ महिना जेल बस्नुपर्ने तर विष्णु पौडेल रिहा हुने भन्दै प्रश्न गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत ४ करोड बिगो मागदाबी गरिएका रवि लामिछानेले बिगो बराबरकै धरौटी तिरेर पनि १४ महिना जेल बस्नुपर्ने बताउँदै उनले भनिन्, ‘२० करोड ७७ लाख बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा तानिएका विष्णु पौडेल २२ दिन हिरासत बसेर साधारण तारेखमा रिहा हुने?’
यस्तै, अदालतले कसैलाई बिगो बराबर धरौटी माग्ने तर कसैलाई साधारण तारिखमा छोड्ने भन्दै कानुन सबैलाई एउटै हुनुपर्ने बताइन्।
यसैगरी सत्तारुढदल रास्वपाका अर्का सांसद यज्ञमणि न्यौपानेले अदालतमाथि प्रश्न उठाएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारण सार्वजनिक गर्दै उनले न्यायलय पुनरसंरचनाविना सुशासन र भ्रष्टाचार अन्त्य सम्भव नभएको बताएका छन्।
सामान्यतया अदालत स्वतन्त्र हुने विश्वास गरिन्छ। तर अदालतको निर्णयमाथि प्रश्न उठाउँदै अधिवक्तासमेत रहेका न्यौपानले न्यायलयको सन्दर्भमा निर्ममपूर्वक समीक्षा गर्नेबेला भएको बताएका छन्। ‘न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, साथै आम सर्वसाधारण नागरिकले समेत न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था रहँदैन। न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ’, उनले लेखेका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE