राष्ट्रपतिले आफू शहीद हुन तयार भएको प्रसंग नागरिक अगुवालाई सुनाए
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्दा केही संवैधानिक व्यवस्थामा तलमाथि गर्ने बाध्यता आइलागे पनि अब अक्षरशः पालना हुनेमा आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भनेको बताएका छन् ।
आफूले ‘म शहीद हुन तयार छु तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले प्रतिनिधि सभा विघटन गर्दिन’ भन्ने अडान लिएको समेत राष्ट्रपतिले सुनाए ।
उनीहरूले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालनमा समेत जोड दिएका छन् ।
संक्रमणकाल र परिस्थितिको बाध्यताका नाममा संवैधानिक संरचनाहरूमाथि असंवैधानिक हस्तक्षेप हुन नदिन उनीहरूले राष्ट्रपतिलाई सचेत गराएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE