आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

ट्रेड युनियन खारेजीविरुद्ध आईएलओमा उजुरी

काठमाडौं – सरकारले खारेज गरेको निजामती कर्मचारी सङ्गठनहरूले आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धी विपरित भएको भन्दै अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) उजुरी दर्ता गराएका छन् । स्वीजरल्यान्डको जेनेभामा रहेको आईएलओको मुख्य कार्यालयमा उनीहरूले उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन सङ्गठनहरूको सहभागिता रहेको विगठित नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालले जानकारी दिइन् ।

सरकारले गत साता केही अध्यादेश जारी गर्दै कुनै पनि सरकारी निकायमा ट्रेड युनियनसम्बन्धी गतिविधि गर्न पूर्ण रूपमा बन्देज लगाएको थियो । नेपाल आईएलओको अभिसन्धीको पक्ष राष्ट्र भएको अवस्थामा कार्यालयभित्र ट्रेड युनियन गतिविधि गर्ने कार्य कानुन ल्याएर रोक्न नमिल्ने उनीहरूको जिकिर छ ।

कर्मचारीहरू उजुरीपछि आईएलओको नेपाल कार्यालयले सबै सङ्गठनका प्रतिनिधिलाई बोलाएर थप छलफल गरिसकेको छ । यो क्रममा सरकारलाई समेत यसबारे पत्राचार भइसकेको जानकारी दिएको दाहालले बताइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x