संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।
तर, सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष जस्ताको त्यस्तै सिफारिस गरेसँगै मंगलबार भने जारी गरिएको हो ।
उक्त अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुनः राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
योसँगै अब सरकारले पठाएका आठ वटै अध्यादेश जारी भएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE