शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

जुम्लामा खस संस्कृतिको हिउँदे भैलोकाे रौनक

जुम्ला, – जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो खेलिएको छ । परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यसबेला रौनक छ ।

पुस १५ बाट जुम्लामा सुरु भएको भैलो अहिले जुम्लाका गाउँबस्तीमा चलिरहेको छ । स्थानियले गाउँबस्तीसहित सरकारी कार्यालयमा भैलो खेल्न थालेका छन् । पुसको औँसी वा प्रतिपदाका दिनदेखि खेलिने भैलोको आफ्नै महत्व छ । तातोपानी गाउँपालिका–१ का पहलमान कुँवरका अनुसार यस वर्ष पनि परम्परागत भैलो खेलिएको छ । उहाँले गाउँका बुढापाकादेखि युवाले मौलिक वेशभूषामा खस संस्कृतिको भैलो खेलिएको बताउनुभयो । महिला तथा बुढाबुढी स्थानीय गीत गाएर भैली भन्दै हरेक आफन्तले घरको आँगनमा जाने र भैलो खेल्ने चलन रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार अहिले कार्यालयमा समेत भैलो खेल्न थालिएको छ । घर घरमा भैलो खेल्ने र त्यहाँबाट प्राप्त चामल, दाल र नगद पछि पाटेभात (वनमा गएर खाने भोज) खाने चलन छ ।

खस संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार १२ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजाको पालादेखिे हिउँदे भैली खेल्ने चलन रहेको छ । दशकअघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महìवपूर्ण पर्वका रूपमा लिइने उहाँको भनाइ छ । जानकारका अनुसार फुर्सदको हिउँदे मौसमलाई ध्यानमा गर्दै मङ्सिर पूर्णिमामा सानी भैलो सकाएर पुस औँसी वा कृष्ण प्रतिपदाबाट ठुली हिउँदे भैलो सुरु हुने गर्छ । हिउँद महिनामा कुनै पनि चाडपर्व नहुने भएकाले न्यास्रोपनालाई हटाउन हिउँदे भैली खेल्ने चलन भएको जानकार बताउँछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x