शुक्रबार, चैत्र १३, २०८२
Friday, March 27, 2026

जाँचबुझ आयोगको प्रतिवेदन चैत १३ भित्र सार्वजनिक नगरिए शीतलनिवास घेर्ने

काठमाडौं – ‘जेनजी मुभमेन्ट नेपाल’ले जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै मुभमेन्टले चैत १३ गतेभित्र प्रतिवेदन सार्वजनिक नगरिए राष्ट्रपति निवास (शीतलनिवास) घेराउ गर्ने चेतावनी दिएको हो ।

संस्थाका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रतिवेदनले देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिँदै आएको अवस्थामा यसलाई लुकाएर राख्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत हो ।’

मुभमेन्टले राज्यसत्ताको दुरुपयोग गरी आन्दोलनकारीको हत्या गर्ने र देशमा अशान्ति मच्चाउनेहरूलाई शासनसत्तामा स्थान दिनु नहुने अडान समेत राखेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x