बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

पूर्वयुवराज पारस शाहलाई हृदयघात, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं, –  पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। हार्टअट्याक भएपछि उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई यो चौथो हृदयघात हो । यसअघि तीन पटक हृदयघात भइसकेको छ ।

शाहको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

आईतबार हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं,अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।’ स्रोतले भन्यो

शाह आइतबार बेलुकी नर्भिक अस्पताल भर्ना भएका थिए। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । पारस पूर्वराजा ज्ञानेन्द्रका छोरा हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x