बिहिबार, चैत्र ५, २०८२
Thursday, March 19, 2026

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

काठमाडौं – नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ । कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ ।

विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्नेछ । त्यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x