बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रभु बैंकका ग्राहकहरूले माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट पाउने

काठमाडौं – प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उक्त पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवार सदस्य तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर गरेका हुन्।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x