हिन्दू अधिराज्यलाई पुनःस्थापना गर्न जय नेपाल पार्टी गठन
काठमाडौं- जय नेपाल पार्टी गठनको तयारी गरिरहेका नेता डा. धवलशमशेर राणाले यही महिनाको २८ गते निर्वाचन आयोगमा दलदर्ता गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको भन्दै २८ साउनमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन्। उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईंलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए।
राणाले आफूहरूले राजनीति गर्ने राजसंस्था खोजेको नभइ अभिभावकीय र राष्ट्ररक्षकको भूमिका रहने राजसंस्था खोजेको स्पष्ट पारे।
सबै जाति, जनजाति, धर्मावलम्बी सबैले राजसंस्थालाई मान्दै आएको परम्परा मान्दै आएको भन्दै उनले राजसंस्था हटेपछि देश संकटमा पुगेको उल्लेख गरे।
हिन्दू अधिराज्यलाई पुनःस्थापना गर्नको लागि नयाँ पार्टी जन्मिएको पनि राणाको भनाइ छ।


WRITE COMMENTS FOR THIS ARTICLE