झूठो विवरण पेश गरी दोहोरो नागरिकता
सप्तरी – नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी व्यवस्था छ । झुठो विवरण पेश गरेर दुइवटा नागरिकता लिएको पाइए नागरिकता लिने व्यक्ति र जारी गर्ने अधिकारी दुबै जना सजायको भागेदार हुनुपर्ने कानुनी व्यवस्था छ ।
तर, ऐनको यस्तो बेवस्ता गरि सप्तरी सुरुङ्गा ८ को भुली तेलिले दुई वटा नागरिकता लिइएको पाइएकाे छ । साथै सामाजिक सुरक्षा भत्ता खाइपाई रहेकी छिन । भुली तेलीको पहिलो नागरिकता यस्तो देखिन्छ । सुरुङ्गा नगरपालिका वडा नं. ८, महुलियाँ गाँउ निवासी दशन साहको छोरीको बिवाह सामाजिक रितिरिवाज अनुसार मागी विबाह भएको हो । विवाह पश्चात निजको श्रीमानले भुली तेलीलाई जिल्ला प्रशासन कार्यालय, सिरहा बाट ना.प्र.नं. छुट २५३-२८४ को नागरिकता बनाई दियो, जुन नागरिकतामा उल्लेख भएको निजको जन्म मिति २०२५ साल लेखिएको छ भने जारी भएको मिति २०४६-३-२२ छ जस अनुसार आजको दिनमा निज भुली तेलीको उमेर ५७ बर्ष पुगेकी देखिन्छ । वास्तविकमा पनि निजको उमेर यस्तै पनि हो ।
भुली तेलीको दोस्रो नागरिकताको प्रकरण यस्तो छ, निज सिरहा जिल्लाबाट बसाई–सराई गरेर माईती गाँऊ सुरुङ्गा नगरपालिका वडा नं. ८, महुलियाँ गाँउ मै बसोबास गर्न थाले पश्चात निज भुली तेलीले जिल्ला प्रशासन कार्यालय, सप्तरी बाट ना.प्र.न. १६–०१–७९–०११४८ को नागरिकताको प्रतिलिपी लिइ, जुन नागरिकतामा उल्लेख भएको निजको जन्म मिति २००२–०१–०२ साल लेखिएको छ भने जारी भएको मिति २०७९\०२\२३ छ जस अनुसार आजको दिनमा निज भुली तेलीको उमेर ८० बर्ष पुगेकी देखिन्छ ।
जुन वास्तविकमा निजको उमेर सँग आकाश–जमिनको फरक देखिन्छ । निर्वाचन आयोगको वेभसाईटमा राखिएको भोटर डाटा हेर्दा निज भुली तेलीको मतदाताको फोटो सहितको बिस्तृत विवरणमा नागरिकता नम्बर सिरहा जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्र को छ भने जन्ममिति सप्तरीबाट जारी भएको ना.प्र.प.को छ ।
नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुठो विवरण दिएर दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिला लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्ने व्यवस्था छ ।
सोही ऐन, नियमावली र कार्यविधिमा ‘कसैले झुठो विवरणका आधारमा नागरिकता बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
नेपाल सरकारको व्यावस्था अनुसार नागरिक हकको सूचना पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। दिनेश चौधरीको अनुसार भुली तेलिले ७२/७४ सालदेखि समाजिक सुरुमा भत्ता खादै आएको थियो । हालमा आएर रोक्का गरिएका छन । यसै सन्दर्भमा दिनेश चौधरीले सूचना हकको लागि सुरुङगा नगरपालिकामा निवेदन दिएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE