राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले बुधबार राष्ट्र बैंक ऋणपत्र मार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
केही साता अघि नेपाल राष्ट्र बैंकले १ वर्ष अवधिको लागि २ खर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत गरेको थियो । जसमध्ये केन्द्रीय बैंकले बुधबार पाँचौ चरणमा २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो ।
पुस २० गतेको २५ अर्ब रुपैयाँको ऋणपत्रको कुपन रेट २.६८ प्रतिशत कायम हुँदा पुस २२ गतेको ऋणपत्रको कुपन रेट २.६९ प्रतिशत कायम भएको छ ।
बुधबार थप २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको हो । जसमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । ऋणपत्रलाई बैंकहरुले अन्य बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमा धितोको रुपमा प्रयोग गरी तरलता सापटी लिन सक्नेछन् ।


WRITE COMMENTS FOR THIS ARTICLE