नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालले छुट दिने
काठमाडौं – नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशबराज भुर्तेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउने छन् ।
छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE