मङ्लबार, माघ २०, २०८२
Tuesday, February 3, 2026

राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १४६ औँ बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ ।

बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । साथै विविध विषयमा समेत छलफल हुने समितिले कार्यसूचीमा तय गरिएको छ।

यस्तै, आजै दिउँसो २ः३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सिंहदरबारस्थित समिति कक्षमा बस्ने उक्त बैठकमा सर्ने तथा नसर्ने रोगको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा सम्बन्धी विषयमा छलफल गरिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x