आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026

रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साहको १८ वर्षे प्रभुत्वमा अन्त

रौतहट –  १८ वर्षदेखि संसदीय राजनीतिमा आफ्नो प्रभुत्व जमाइरहेका आमजनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको राजनीतिक विरासत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवीन्द्र पटेलले यस निर्वाचनमा भत्काएका छन् । रवीन्द्र पटेलले कुल २७,३१८ मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका गोविन्द चौधरी ११,९५४ मतसहित दोस्रो स्थानमा छन् ।

आमजनता पार्टीका अध्यक्ष प्रभु साह यस पटक ९,८९० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी, नेकपा एमालेका उम्मेदवार कुन्दन कुश्वाहाले ६,६०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामकृपाल यादवले ६,४२० मत, र नेपाली कम्युनिस्ट पार्टीका पुनम यादवले ३,८८१ मत प्राप्त गरेका छन् ।  ०६४ सालको संविधान सभा निर्वाचनमा रवीन्द्र पटेलले प्रभु साहलाई जिताउन सक्रिय भूमिका खेलेका थिए ।

त्यसपछि ०७०, ०७४ र ०७९ सालको निर्वाचनमा प्रभु साह अपराजित रहेका थिए । यस पटकको परिणामले रौतहटमा प्रभु साहको १८ वर्षे राजनीतिक प्रभुत्व अन्त्य भएको सङ्केत गर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x