काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्रीसहित दुई पूर्वमन्त्रीमाथि अनुसन्धान थालेको छ ।
वर्तमानप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्कामाथि गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान सुरु गरेको विभाग स्रोतको भनाइ छ ।
विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नातागोताका नाममा भएका बैंक खाता, लगानी, कम्पनी, जग्गाजमिन र कारोबार सम्बन्धी विवरण संकलन गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालय र भूमि व्यवस्थापन विभागलाई पत्राचार गरेको स्रोतको दाबी छ ।
‘पूर्वप्रधानमन्त्रीसहितका नेताहरूको सम्पत्तिमाथि प्रश्न उठिरहेकोले उनीहरूको सम्पत्ति जाँचको प्रक्रिया सुरू भएको हो,’ स्रोतले भन्यो, ‘उनीहरूका परिवार र नजिकका व्यक्तिहरूको सम्पत्ति पनि जाँच हुनेछ।’
विभागको निर्देशनपछि देशभरका मालपोत कार्यालयहरूले तीन पूर्वप्रधानमन्त्रीसहितका मन्त्री र उनीहरूको आफन्तको नाममा भएका जग्गा जमिनको विवरण संकलन थालेको उनको भनाइ छ ।
भदौ २४ गते जेनजी प्रदर्शनकारीको आगजनीीका क्रममा देउवा, प्रचण्ड र खड्काका निवासमा भेटिएका जलेका नोटका टुक्रा र खरानीको फरेन्सिक रिपोर्ट पनि विभागले मगाएको छ ।
देउवा, प्रचण्ड र खड्काको घर आगजनीको एक सातापछि विभागको टोलीले ती घरहरूमा पुगेर मुचुल्का उठाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई परीक्षणका लागि पठाएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तीन पुस्तासम्मका आफन्तको सम्पत्ति, कम्पनी, सेयर, जीवनशैली र बैंक कारोबारसमेत जाँच गरिने स्रोतको भनाइ छ । सम्पूर्ण विवरणहरू संकलन भएपछि अर्को चरणमा ति नेताहरूको बयान लिने तयारी छ ।
जेनजी आन्दोलनले सत्ताच्यूत भएका ओलीमाथि गिरीबन्धु टी–इस्टेट, यति, ओम्नी ग्रुपलाई अनुचित लाभ पुर्याउने काम गरेको आरोप लाग्ने गरेको छ ।
देउवा २०४८ यता पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । देउवामाथि बुढिगण्डकी जलविद्युत परियोजना कमिसनको आरोप लाग्दै आएको छ भने उनीमाथि मेलम्ची खानेपानी आयोजनामा अनियमितताको आरोप लाग्ने गरेको छ ।
उनकी पत्नी आरजु राणा तीन कार्यकाल समानुपातिक सांसद र जेनजी आन्दोलनको समयमा परराष्ट्र मन्त्रीसमेत थिइन् । उनीमाथि नियुक्ति, सरुवा बढुवामा लगायतमा रकम लिने गरेको आरोप लाग्ने गरेको छ । नक्कली भुटानी शरणार्थी
त्यस्तै प्रचण्डमाथि लडाकु भरणपोषण खर्च हिनामिना अर्थात क्यान्टोन्मेन्टको पैसा घोटालाको आरोप लाग्दै आएको छ भने विवादित ठेकेदार र व्यवसायीबाट अनुचित लाभ लिएको आरोप लाग्दै आएको छ ।
पूर्वमन्त्री दीपक खड्का जलविद्युत् आयोजना लाइसेन्स र ठेक्का प्रक्रियामा अनियमितता, जग्गा हिनामिना र चेक कारोबारका आरोपमा मुछिएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE