विवादित विषयवस्तुहरु सार्वजनिक भएपछि सुनारकाे नाम ‘होल्ड’ गर्ने तयारी
काठमाडौं – सुशीला कार्की मन्त्रीपरिषदमा श्रममन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारका थप विवादित विषयवस्तुहरु सार्वजनिक भएका छन् । प्रहरी स्रोतका अनुसार उनी विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउ समेत परेर थुनामा बसेका व्यक्ति हुन् ।
तीनै उजुरीका आधारमा प्रहरीले सुनारलाई त्यतिबेलै पक्राउ गरेको थियो । उनको हत्कडी लगाएको फोटोसमेत प्रहरीले सार्वजनिक गरेको थियो । सुनारले ५ हजारदेखि १५ हजारसम्म ठगेको बताउने कतिपय व्यक्तिहरु उनी मन्त्री भएपछि पैसा उठ्ने आशामा छन् ।
सुनारमाथि लागेको आरोप अनुसार, उनीसहितको समूहले २०८१ साउन महिनामा मेहेलकुना अस्पतालमा गएर संस्थाको संरचना तोडफोड गरेको र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र हातपात गरेको आरोप छ।
मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा दैलेखका मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा रहेको पाइएको छ।
सुनारसहित मैना बिकलगायतका प्रतिवादीविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा नं. ०८१–७८–०००६३४ दर्ता भएको हो। उक्त मुद्दामा अदालतले प्रतिवादी खगेन्द्र सुनारका नाममा ७ दिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको पाइएको छ।
ती महिलाका श्रीमान विदेशमा छन् । यस्तै काठमाडौंमा नै एक युवतीसँग केही समय लिभ इनमा बसे । विवाह गर्ने भनेर लिभ इनमा बसे पनि विवाह गर्न नमानेपछि युवतीले महिला आयोगमा उजुरी दिएकी थिइन् । अर्की एक महिलासँग पनि सम्बन्ध राखेर उनको पैसासमेत खाइदिएको आरोप सुनारमाथि छ ।


WRITE COMMENTS FOR THIS ARTICLE