शनिबार, फाल्गुन १६, २०८२
Saturday, February 28, 2026

सरकारले स्वास्थ्य बिमाको भुक्तानी नगरे महानगरपालिकाले गर्ने

काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सरकारले स्वास्थ्य बिमाको भुक्तानी नगरे महानगरपालिका आफैँले तिर्ने घोषणा गरेका छन् ।

मेयर महर्जनले बिमाबापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षणसमेत गराए ।उनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले नसके महानगरले नै बिमा भुक्तानी गर्ने बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै महर्जनले भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने पनि उल्लेख गरे ।

सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे ।

मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र छिट्टै सञ्चालनमा आउने जानकारी गराए ।

उनले भने, “अहिले सरकारले स्वास्थ्य बिमाको पैसा तिरेन भनेर सुन्नमा आएको छ । मन्त्रीज्यूसँग बिमाबारे कुरा गर्दा रिँगटा लागे–लागेजस्तो भयो । कथंकदाचित् सरकारले भुक्तानी नगरेका कारणले बन्द गर्नुपर्‍यो भने सबैभन्दा बढी गाली मैले खानुपर्ने रहेछ । पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुस् । सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनू भनेर नेपाल सरकारले एउटा पत्र दियो भने महानगरले नै भुक्तानी गरिदिन्छु ।”

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x