माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा जारी छ।
जारी केन्द्रीय कार्यालय बैठकमा सर्वोच्चको पछिल्लो आदेश र समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल भइरहेको छ।
सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दामा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।
द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन गर्न आदेश दिनुले अनावश्यक राजनीतिक विवादसमेत खडा गर्ने माओवादीको ठहर छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सर्वोच्चबाट आएको आदेशले राम्रो संकेत नगरेको भन्दै यसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउने कुरामा पोजेटिभ म्यासेज नदिएको बताए ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अग्नि सापकोटा संलग्न भएको भन्दै सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामा, सुशील प्याकुरेल, कनकमणि दीक्षितलगायतले विभिन्न मितिमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
बुधबार सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्च अदालतले बदर गरेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE