आइतवार, जेष्ठ ३, २०८३
Sunday, May 17, 2026

सर्जक तथा पत्रकार पन्तका दुई नियात्राकृति ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ एकसाथ लोकार्पण

काठमाडौं – साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ एकसाथ लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार गोविन्दराज भट्टराई लगायतले कृतिहरू सार्वजनिक गर्नुभएकाे हाे ।

कार्यक्रममा प्रा. डा. भट्टराईले पन्तको लेखनशैली मौलिक रहेको उल्लेख गर्दै उहाँका कृतिहरूले नेपाली नियात्रा साहित्यमा विशिष्ट स्थान बनाएको धारणा व्यक्त गर्नुभयो ।

साहित्यकार प्रमोद प्रधान ले ‘शिखर शिखरको सौन्दर्य’ माथि समीक्षात्मक मन्तव्य राख्दै कृतिमा सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पक्षहरूको जीवन्त अभिलेखीकरण भएको बताउनुभयो ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपाललेकाठमाडौंमा आयोजना गरेको एक समारोहमा पन्तद्वारा रचित नियात्रासङ्ग्रह ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ लोकार्पण गरियो हो । प्रतिष्ठानका उपाध्यक्ष भागवत ढकालको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई हुनुहुन्थ्यो भने अतिथिहरुमा पूर्वप्रशासक तथा नियात्रा समाजका अध्यक्ष मोहन चापागाईँ, प्रा.डा. राम प्रसाद ज्ञवाली, प्रमोद प्रधान, उमेश मैनाली, श्रीओम श्रेष्ठ ‘रोदन’ हुनुहुन्थ्यो।

मन्तव्यको क्रममा अतिथि प्रमोद प्रधानले पन्त सिर्जना कर्ममा साधनारत र निरन्तर तल्लिन रहने व्यक्तित्व भएको र निबन्ध र संस्मरण विधामा पोख्त र लेखन कार्यमा नथाक्ने सर्जक हुनुभएको कुरा बताउनुभयो। साथै प्रधानले उहाँको कदम स्वागतयोग्य रहेको कुरा पनि बताउनुभयो। अर्का अतिथि तथा समालोचक प्रा.डा. राम प्रसाद ज्ञवालीले नियात्रा विधामा विभिन्न स्वाद पस्किनसक्ने क्षमता राम प्रसाद पन्तमा रहेको र उहाँ राजनीति, धर्म, भूगोल, इतिहास सबै खोतलेर लेख्न सक्ने व्यक्ति हुनुभएको कुरा बताउनुभयो, उहाँको नियात्रामा ज्ञान र विज्ञान दुवै देखिन्छ, हरेक विषयमा अध्ययन गर्ने क्षमता ज्यादा रहेको पनि बताउनुभयो। कतिपय ऐतिहासिक संरचना संरक्षण नभएकोमा उहाँलाई चिन्ता छ भने उहाँमा देशप्रेम र प्रकृतिप्रेम पनि झल्किन्छ। ज्ञवालीले पन्तले धेरै नियात्रा लेख्नुभएकोमा बधाई पनि दिनुभयो भन्दै उहाँलाई खासै चिनाउनै पर्दैन, आफै चिनिनुहुन्छ पाठकहरुको दृष्टिमा। अर्का अतिथि तथा पुर्व प्रशासक युवराज मैनालीले साहित्यिक उन्नयनका लागि पन्तजीले झोला बोकेकोबोक्यै र लेखेको लेख्यै गरेको पाएको छु। वास्तवमा पाठकहरुले पुस्तक प्राप्त गर्छन् र पढ्दैनन्, साहित्यिक कार्यक्रमहरु त भेट गर्ने बहाना मात्र हो भन्दै व्यंग्य पनि गर्नुभो।

त्यस्तै, समीक्षक रामप्रसाद ज्ञवाली ले ‘शिवलोकको आलोक’ माथि चर्चा गर्दै पन्तले पाठकलाई महत्वपूर्ण र अर्थपूर्ण कृतिहरू प्रदान गरेको उल्लेख गर्नुभयो । यसैगरी समीक्षक रामप्रसाद ज्ञवाली ले ‘शिवलोकको आलोक’ माथि चर्चा गर्दै पन्तले पाठकलाई महत्वपूर्ण र अर्थपूर्ण कृतिहरू प्रदान गरेको उल्लेख गर्नुभयो ।

यी दुई नियात्राकृति पन्तका क्रमशः २४औँ र २५औँ नियात्रासंग्रह हुन् । यीसहित विभिन्न विधामा उहाँका ४८ कृतिहरू प्रकाशित भइसकेका छन् ।

समारोहमा अन्य उपस्थितहरुमा वरिष्ठ साहित्यकार सूब सेन, इतिहासकार डा. दिनेशराज पन्त, भागिरथी श्रेष्ठ, नेपाल सरकारका पुर्व सचिव गोपी मैनाली, जीवराज घिमिरे, अमर कीर्तिमानी, अमर कुमार प्रधान, प्रमोद नेपाल, युवराज नयाघरे, निर्मल रमण पराजुली, बासुदेव गुरागाईँ, सुभासचन्द्र भिमफेदिया, शशिश्री आचार्य, सानुराजा अञ्जान, किशोर पहाडी, विमल भौकाजी, राजेश खनाल, दीपक भेटवाल, नविन पल्लव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा पन्तद्वारा रचित ‘गाजुल त्यो आँखा राम्रो…’ गीत बजाएर सुनाइएको थियो। साथै लोकार्पण समारोहमा स्रष्टा राम प्रसाद पन्तका १७ कृतिहरू सहित १७५० भन्दा बढी अर्थात नेपालकै सर्वाधिक कृतिहरूका समीक्षक अरुण खत्री ‘नदी’ लाई नगद सहित सम्मानपत्र प्रदान गरियो। यादव भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा कृतिकार राम प्रसाद पन्तले आफ्नो लेखन इतिहासका प्रसंग बारे जानकारी दिनुभयो। उहाँले नियात्रासङ्ग्रहमा उल्लिखित पीडाका प्रसङ्गहरू पाठकका लागि रुचिकर हुने कुरा पनि बताउनुभयो।

कार्यक्रमले नेपाली नियात्रा साहित्यमा पन्तको योगदानलाई उजागर गर्दै सिर्जनात्मक यात्राको निरन्तरतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x