सामाजिक अभियन्ता आशिका तामाङ्ग रिहा

काठमाडौं, – सामाजिक अभियन्ता आशिका तामाङ्गलाई २० हजार धरौटीमा रिहा गर्न भक्तपुर जिल्ला अदालतले आदेश दिएको छ ।
आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।
आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
WRITE COMMENTS FOR THIS ARTICLE