बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आगामी निर्वाचनमा हर्क साम्पाङले सबै पालिका र क्षेत्रहरुबाट उम्मेद्वारी दिने

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ ।

साम्पाङले फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’

१६ मंसिरमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा साम्पाङले राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए । कांग्रेस उम्मेदवार कृष्णमान डंगोल मेयर निर्वाचित हुँदा महर्जनले चौथो स्थान हासिल गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x