बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेप्से ९.७० अंकले घट्यो, ५ अर्ब २० करोडको कारोबार

काठमाडौं –  आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९।७० अंकले घटेर २७६७। २० विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज विकास हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ७।४२ प्रतिशतले बढेको छ । त्यस्तै आज पन्चकन्या माइ हाइड्रोको शेयर सबैभन्दा बढी ९।०३ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २५ करोड ९  लाख र हिमालयन रिइन्सुरेन्सको २१ करोड ७६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x