शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

चालू वर्षे अधिवेशन अन्त्यको तयारी

काठमाडौं,— सरकारले संघीय संसद्को चालू वर्षे अधिवेशन अन्त्यको तयारी गरेकाे छ। अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट संसद् अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष गर्नेबारे सरकारले सत्तारुढ दलहरूसँग परामर्श गरेको छ।

‘भदौ ३१ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै हुनुहुन्छ। सम्भवतः त्यही दिन रातिबाट संसद्को चालू अधिवेशन समेत अन्त्य हुने सम्भावना छ,’ एक मन्त्रीले भने।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्को चालू अधिवेशन अन्त्यबारे छलफल चलिरहेको बताए। ‘अब धेरै लामो समय जाँदैन,’ उनले भने।

गत वैशाख २८ गते संसद्को चालू अधिवेशन सुरु भएको थियो।

बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन्।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो।

बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो। जो प्रमाणीकरण भएर लागू भइसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x