वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीको भ्रष्टाचार र कुशासनविरुद्ध मोटरसाइकल र्याली

काठमाडौं – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संघ नेपालले भ्रष्टाचार र कुशासनविरुद्ध काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
विहीबार पार्टी कार्यालय कुपण्डोलमा कार्यबाहक महासचिव सिपी गजुरेल ‘गौरव’ ले र्यालीको उद्घाटन गर्दै आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।
र्याली पार्टी कार्यालय कुपण्डोलबाट सुरु भएर लगनखेल, कुलेश्वर, कालिमाटी, बनस्थली हुँदै सिफल चौरमा गएर कोणसभामा परिणत भएको थियो । र्यालीमा युवाहरुलाई स्वदेशमा रोजगारी दे, भ्रष्टचारीलाई कारबाही गर, माहंगी नियन्त्रण गर, संघीय जनगणतन्त्र जिन्दावादलगायतका नाराहरु घन्किएका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE