महामन्त्रीद्वयले विशेष महाधिवेशनको लागि हल बुकिङ्ग गरे
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरिएको छ । विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
‘हिजो (बुधबार) हल बुकिङ गरियो । आज अन्य प्रक्रिया मिलाइँदैछ’ उनले भनिन् ।
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतले विशेष महाधिवेशनलाई जोड दिँदै आएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए ।
यसअघि बुधबार महामन्त्री थापाले पुस मसान्तभित्र महाधिवेशन बाध्यकारी रहेको बताएका थिए । सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन गर्न नसकिने बताएका छन् ।
नियमित महाधिवेशनको मिति तोकिए पनि नहुने पक्का भइसकेपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE