बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रभु बैंकका कर्मचारी र ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलले विशेष छुट दिने

काठमाडौं – प्रभु बैंक लिमिटेड र फ्रन्टलाइन हस्पिटलबिच विशेष छुट सम्बन्धी सम्भौता भएको छ । प्रभु बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई सेवा सुविधालाई छुट उपलब्ध गराउने सम्बन्धमा काठमाडौँ महानगरपालिका – १०, बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको हो । प्रभु बैकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले १० प्रतिशत छुट पाउने  भएका छन् ।

सो छुट सेवासुविधा फ्रन्टलाइन हस्पिटलमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष  योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरे ।

त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटिएमका साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x