मङ्लबार, माघ २०, २०८२
Tuesday, February 3, 2026

गणेश थापाविरुद्धको एन्फाको निर्णय अदालतद्वारा खारेज

काठमाडौं–  नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो ।

एन्फाको अनुशासन समितिले २०८२ वैशाख ४ मा र सदाचार समितिले वैशाख १६ मा विधानको धारा २४(३) ङ अनुसार भन्दै थापालाई कुनै पनि फुटबलका गतिविधिमा भाग लिन बन्देज गरेको थियो । तर, उच्च अदालतले भने फिफाको कारवाही भोगिसकेको हुँदा थापामाथि सोही विषयमा पुन कारवाही हुन नसक्ने प्रष्ट पारेको छ ।

न्यायाधीश मुनिन्द्रराज अवस्थिले गरेको फैसलामा भनिएको छ, ‘एकै विषयमा दुईपटक सजाय गर्न नमिल्ने भन्ने सिद्धान्त रहेको परिप्रेक्षमा निवेदकलाई फिफाले गरेको कारवाहीमा पुन कारवाही गरी निज निवेदक गणेश थापा भविष्यमा फुटबल गतिविधिमा सहभागी हुनबाट रोक लगाएको अवस्था मिसलबाट देखिन्छ । एउटै विषयमा पटक पटक कारवाही गर्न नसकिने प्राङ्न्यायको सिद्दान्तसमेत बाट पुन कारवाही गर्न मिल्ने देखिदैन ।’

थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारवाही नगर्नु र नगराउन अदालतले एन्फाका नाममा आदेश जारी गरेको छ ।

पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश विपरित गत वैशाख २६ गते एन्फाको साधारण सभामा प्रवेश गर्न नदिइएकोमा थापाले अदालतको अवहेलाको रिट हालेका थिए । उक्त रिट भने उच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेपछि थापाले सर्वोच्च जाने निर्णय लिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x