शेखर समूहका सांसदको छलफल जारी

काठमाडौं – पछिल्लो दिनमा राजनीतिक भेटवार्ता तीव्र बनाएका नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले आज आफूनिकट सांसदहरूसँग छलफल गर्न लागेका हुन् । आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
कोइरालाले आफ्नो समूहका सांसदहरूसँग छलफल गरिरहेका छन्। काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड एतिमा कोइराला समूहका सांसदहरू भेला भएका छन्।
सरकारको तीव्र आलोचना गरिरहेका कोइरालाले अहिले आफ्ना समूहका सांसदहरूसँग छलफल गरेका हुन्।
सांसद हृदयराम थानीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको जानकारी दिए।
‘पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ,’ उनले भने।
यसअघि कोइरालाले शुक्रबार पूर्वराष्टपति विद्या भण्डारी र बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँग भेटवार्ता गरेका थिए ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्नेगरी नयाँ राजनीतिक ध्रुबीकरणको तयारी भइरहेको बेला कोइरालाले आफूपक्षीय सांसदसँग भेटवार्ता गरेका हुन् ।
सरकारलाई अप्ठ्यारो पार्नेगरी हुन लागेको राजनीतिक ध्रुवीकरणबारे शनिबार एमाले पोलिटब्युरो बैठकमा समेत कुरा उठेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE